रुसी सेनामा भर्ती भएका प्युठानका युवकको मृत्यु
बिहीबार, २६ पुस २०८०, १९ : ४७
१

प्युठान । रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ । प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् ।
मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारी अनुसार उनीसँगै रहेका उनका साथी पनि घाइते छन् । निजले नै उनको मृत्युको खबर दिएका हुन् । प्युठान नगरपालिकाका प्रमुख विष्णु योगीले सुनारको मृत्युको खबरले प्युठानवासी मर्माहत भएका बताए । नगरप्रमुख योगी नेतृत्वको टोलीले भोलि सुनारका अभिभावकलाई भेटेर रुसबाट प्राप्त दुःखद खबरबारे थप जानकारी दिइने थापाले बताए ।
छिमेकी थापाले यस घटनाबारे परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको बताए । उनका अनुसार दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि त्यहीँबाट रुसी सेनामा भर्ती भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मर्यादित भएर होली पर्व मनाउन प्रशासनको उर्दी
-
१० बजे १० समाचार : संसद्मा पूर्वराजाको चर्चादेखि आरजुको भारत भ्रमणसम्म
-
राजा खोज्नु भनेको बिजुलीको युगमा अगुल्टो बाल्छु भन्नुजस्तै हो- सञ्चारमन्त्री
-
१६ बुँदे घोषणापत्र जारी गर्दै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सकियो
-
यी हुन् निर्विरोध निर्वाचित भएका अखिल क्रान्तिकारीका सभापति र क्याम्पस
-
निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुने गरी बजेटमा व्यवस्था गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड