शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

सता गठबन्धनले लुम्बिनीमा बनायो समन्वय समिति

बिहीबार, २६ पुस २०८०, १९ : ४२
बिहीबार, २६ पुस २०८०

बुटवल । लुम्बिनी प्रदेशमा सता गठबन्धनले राष्ट्रियसभा निर्वाचन लक्षित समन्वय समिति गठन गरेको छ । बिहीबार बसेको गठबन्धनको बैठकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन  समन्वय समिति गठन गरेको हो ।  

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति गठन गरिएको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।  

बैठकले प्रदेशका सबै जिल्लाका स्थानीय तहका प्रमुख/उपप्रमुख र जिल्ला नेतृत्वसँग भेटघाट गर्न माघ २ गतेदेखि जिल्ला–जिल्ला जाने निर्णय गरेको छ । 

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटालाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाएको छ ।

सुवेदी नेकपा माओवादी केन्द्रको तर्फबाट र सापकोटा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हुन् । एमालेले झपेन्द्र जिसी, तुलासा कुमारी केसीलाई उम्मेदवार बनाएको छ । यस्तै राप्रपाबाट निरनजन थापा र विजयी लक्ष्मी सिंहले उम्मेदवारी दिएका छन् ।

received_752429946776020

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप