सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

‘मिस युनिभर्स नेपाल’को आयोजक परिवर्तन,  उमंगको ठाउँमा भित्रियो ग्लोबल ग्ल्यामर भेन्चर

बिहीबार, २६ पुस २०८०, १७ : ४२
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । ‘मिस युनिभर्स नेपाल २०२४’ को आयोजना ग्लोबल ग्ल्यामर भेन्चरले गर्ने भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ग्लोबल ग्ल्यामर भेन्चरले ‘मिस युनिभर्स २०२४’ आयोजनाको आधिकारिता आफूले प्राप्त गरेको जानकारी दिएको हो । 

यसअगाडि ‘मिस युनिभर्स नेपाल’ उमंग क्रियसनले गर्दै आएको थियो । उमंग अगाडि मिस युनिभर्स नेपाल ‘मिस नेपाल’ आयोजक द हिडन ट्रेजरले आयोजना गरेको थियो ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममम ‘मिस युनिभर्स नेपाल–२०२४’को राष्ट्रिय निर्देशकमा संगीता पुरी, संस्थाको अध्यक्षमा आलोक क्षेत्री र सीईओमा सबी पुरी रहेको जानकारी दिइयो ।

मिस युनिभर्सल वुमिन–२०२३ की विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्ला र कोच अलेक्जेण्डर गोन्जालेज, नेपाल पर्यटन बोर्डका सिईओ डा. धनन्जय रेग्मी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

411360529_3299877900312236_3439110461771217616_n

कार्यक्रममा महिलाको अधिकार, पहिचान र प्रतिभालाई विश्वमाझ चिनाउने उद्देश्यले यो वर्षबाट ग्लोबल ग्ल्यामर भेन्चर मिस युनिभर्स नेपालमा जोडिएको राष्ट्रिय निर्देशक संगीता पुरीले बताइन् । ‘किन र कसरी यो प्रतियोगिताबाट पुरानो आयोजक हट्नु भयो हामीलाई थाहा भएन’, पुरीले भनिन् ‘हामी अन्तर्राष्ट्रिय प्रतियोगिताको खोजीमा थियो । यो गर्नुस् भन्नु भयो हामी होमियौ ।’ प्रतियोगिताका लागि सबैसँग सहकार्यका गरेर अगाडि बढ्ने उनको धारणा रहेको थियो ।

कार्यक्रमका लागि केही साताअघि नेपाल आइपुगेकी मिस युनिभर्सल वुमिन–२०२३ की विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्लाले आफ्नो सौन्दर्य प्रतियोगिताको यात्राको बारेमा बताइन् । उनले नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, खाना र आतिथ्यको प्रशंसा गर्दै आफ्नो परिवार पनि नेपाल घुम्न आउन उत्साहित रहेको बताइन् । सांस्कृतिक सौन्दर्य र मिठासले मलाई लोभ्याएको उनको भनाई थियो । उनी पहिलो पटक नेपाल आएकी हुन् । 

मिस युनिभर्स नेपाल पुरानै मापदण्डअनुसार आयोजना हुनेछ ।  प्रतियोगितामा १८ वर्ष नाघेका विश्वभरका नेपालीले सहभागी जनाउन सक्नेछन् ।

‘मिस युनिभर्स २०२४’ को फिनाले  आगामी सेप्टेम्बर २८ मा मेक्सिकोमा आयोजना हुँदैछ । त्यस अगाडि नेपालमा छानिनेछ । नेपालको विजेताले मेक्सिकोमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिताको लागि आगामी अप्रिलबाट आवेदन फर्म खुल्ला हुनेछ ।

प्रतियोगिताको निर्णायक तथा अन्य जानकारी ‘मिस युनिभर्स नेपाल’को आधिकारी पेजबाट गराइने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप