कोभिडका कारण डिसेम्बरमा १० हजारभन्दा बढीले ज्यान गुमाए

काठमाडौं । पछिल्लो समय विश्वभर कोरोना भाइरसको संक्रमण फेरि तीव्र गतिमा बढ्न थालेको छ । कोरोनाको नयाँ भ्यारिएन्ट जेएन.१ को प्रकोप बढ्दा कयौँ देशमा संक्रमणको अवस्था बिग्रिँदो छ ।
सिंगापुर र अमेरिकामा संक्रमणको नयाँ लहर शुरु भएको आशंका गरिएको छ । छिमेकी देश भारतमै पनि पछिल्ला ४० –५० दिनयता संक्रमण बढेको छ ।
कोरोनाको नयाँ भ्यारिएन्ट (ओमिक्रोन र यसको उप–प्रकार) अरु भ्यारिएन्टभन्दा तीव्र गतिमा फैलिने भएपनि यसबाट गम्भीर लक्षण देखिने खतरा भने कम हुने पछिल्लो समय भएका अध्ययनहरुले देखाएका थिए । तर हालै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सार्वजनिक गरेको डेटाले भने अर्कै स्थिति देखाएको छ ।
गएको महिना कोभिडका कारण विश्वभर १० हजार जनाको मृत्यु भएको डब्ल्यूएचओका महानिर्देशकले बताएका थिए । झन्डै ५० देशको डेटा केलाउँदा यी देशहरुमा कोभिडको संक्रमण भएर अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि ४२ प्रतिशतले बढेको पाइएको छ । डिसेम्बरमा क्रिसमस र नयाँ वर्षको सार्वजनिक छुट्टी मनाउन विश्वभर भेटघाट र घुमफिरमा जानेको संख्या बढ्दा कोभिडको संक्रमण बढेको थियो । युरोपमा कोभिडको अवस्था खस्किँदै गइरहेको छ ।
कोरोना भाइरसको संक्रमण उत्कर्षमा भएको बेलामा मृत्यु दरको तुलनामा मासिक १० हजार मृत्यु निकै कम हो । तर यी मृत्युलाई रोक्न सकिन्थ्यो भनेर डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले जेनेभामा पत्रकारहरुलाई भनेका थिए । मृत्यु दरमा भइरहेको वृद्धि स्वीकार्य नभएको उनको भनाई छ । कोरोनालाई हल्कामा लिनुको गल्ती भारी भइरहेको पनि उनले बताए । टेड्रोसले सबै देशका सरकारहरुलाई कोरोनालाई गम्भीरतापूर्वक नियाल्न र उपचार र खोपको उपलब्धता सुनिश्चित गर्न भनेका छन् ।
एन्ट जेएन.१ अहिले विश्वभर तीव्रताका साथ फैलिरहेको भ्यारिएन्ट बनेको छ । यो ओमिक्रोनको उपप्रकार भएकोले अहिले प्रयोगमा आइरहेको खोपले नै सुरक्षा प्रदान गर्ने आशा गरिएको छ । कोभिडको साथसाथै अहिले फ्लु, राइनोभाइरस र निमोनियाको कारण पनि विश्वभर श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या बढिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
-
माछा मार्न गएका युवककाे मृत्यु
-
ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो