श्रमिकको हित विपरीत हुने गरी श्रम मन्त्रालयले निर्णय गरेको भन्दै सांसद अर्यालको आपत्ति

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डीपी अर्यालले श्रमिकको हित विपरीत हुने गरी श्रम मन्त्रालयले निर्णयहरू गरेको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको हित विपरीत हुने गरी विभिन्न निर्णयहरू गरेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले समितिमा ती विषयमा नीतिगत छलफल हुनुपर्ने भन्दै प्रस्ताव समेत दर्ता गराएका थिए । सोही आधारमा आजको समिति बैठकमा श्रममन्त्री शरतसिंह भण्डारीलाई जवाफको लागि बोलाइएको थियो । उक्त क्रममा पूर्व श्रममन्त्री समेत रहेको अर्यालले श्रम मन्त्रालयका विभिन्न ६ वटा विषयमा प्रश्न उठाएका हुन् ।
उनले प्रति कामदार ४५ अमेरिकी डलर उठाउने गरी मलेसियाको एक निजी कम्पनीसँग गरिएको सम्झौता, श्रम मन्त्रालयले पूर्व प्रस्थान अभिमुखीकरणको तालिम शुल्क वृद्धि, कामदारका लागि अङ्ग्रेजी भाषा अनिवार्य गरेको विषय, कोरियामा पोष्टपेड सिम अनिवार्य गर्न लागिएको विषय, ई–७ भिसामा कोरिया पठाउन पैसा उठाउन थालिएको विषय र वैदेशिक रोजगार कल्याणकारी कोषको रकम सफ्टवेयर खरिदका लागि प्रयोग गर्न लागिएको विषयमा प्रश्न उठाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते