एबीसीडी नचिन्दा साउदीमा नेपाली श्रमिकले कुटाइ खाए : श्रम मन्त्रालय

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले अङ्ग्रेजी नजान्दा नेपाली श्रमिकले कुटाइ खाएको बताएका छन् । संसद्को उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले एबीसीडी नजान्दा साउदीमा नेपाली श्रमिकहरूले कुटाई खाएको बताएका हुन् ।
शिक्षाको कमीका कारण नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्या भोग्नुपरेको बताउँदै उनले भने, ‘केही समय अगाडि साउदीमा एबीसीडी नचिन्दा नेपाली कामदारले कुटाई खाए । पछि बुझ्दा गोदाममा काम गर्ने क्रममा अङ्ग्रेजीमा एबीसीडी लेखेको ठाउँमा त्यही आधारमा सामान राख्न नसकेपछि कुटाइ खाएका रहेछन् ।’
त्यसैले सामान्य अङ्ग्रेजी सिक्न आवश्यक रहेको उनको भनाई छ । समितिका सदस्यहरूले वैदेशिक रोजगारीमा जाने कामदारलाई अङ्ग्रेजी भाषा अनिवार्य गर्न लागिएको भन्दै श्रम मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । त्यसको जवाफमा सचिव भण्डारीले शिक्षाको अभावमा नेपाली श्रमिकहरूले दुःख पाउने अवस्था आएपछि यस्तो गर्न लागिएको बताए ।
अङ्ग्रेजी भाषाका लागि कम्तीमा ७५ अमेरिकी डलर खर्च तिर्नुपर्ने भन्ने मन्त्रालयको प्रस्ताव छ । जापानीज भाषा, कोरियन भाषा, चाइनिज भाषा पढ्दा लाग्ने लागत त कामदारले नै तिर्दै आएको भन्दै श्रमिकको सहजताकै लागी अङ्ग्रेजी भाषा अनिवार्य गराउँदा प्रश्न उठिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० महिनादेखि शेयर निष्कासन नभएपछि इप्पानले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पानी परेपछि राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षण रोकियो
-
ईश्वर पोखरेल सहित दुई जना पक्राउ
-
अपराजित दिल्ली पाँच वर्षअघि मुम्बईसँग फाइनलमा भोगेको हारको बदला लिने धुनमा
-
६ निजामती ट्रेड युनियनहरूले दिए आन्दोलनको चेतावनी
-
हर्टिकल्चर एक्स्पो : चार दिनमा १ करोड बढीको कारोबार