इन्फोडेभलपर्स र ललितपुर सहकारी संघले सहकार्य गर्ने
ललितपुर । इन्फोडेभलपर्स र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघबिच सहकार्यको सम्झौता भएको छ । दुई संस्थाबिच आज कोर बैङ्किङ प्रणाली (इन्फिनिटी) प्रयोग गर्ने समझदारी भएको हो ।
सम्झौतामा इन्फोडेभलपर्सका तर्फबाट सेल्स म्यानेजर अनिशकुमार झा र संघका कोषाध्यक्ष वसन्त मालीले समझदारी पत्रमा हस्ताक्षर गरे । सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पुर्याउँदै आएको उत्कृष्ट सफ्टवेयर कम्पनीसँग साझेदारी उपलब्धिमूलक हुने मालीले बताए ।
संघका व्यवस्थापक सन्तोष बजगाईँ र सहायक व्यवस्थापक भीम खड्काले यस साझेदारीले ललितपुरका सहकारीलाई डिजिटाइज एवं स्वचालित बनाउने बताएका छन् । इन्फोडेभलपर्सका झाले सहकारी क्षेत्रको स्वामित्व, विकास र उत्कृष्टताका लागि यो साझेदारी कोषे ढुङ्गा सावित हुने आशा व्यक्त गरेका छन् । साथै आगामी दिनमा अन्य जिल्ला सहकारी सङ्घहरूसँग समेत सहकार्य गर्दै जाने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'
-
एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?
-
१२ बजे, १२ समाचार : हिरासतमा रविको फोटो खिच्ने निकोलस भुसाल पक्राउदेखि ‘भ्रष्टाचारविरोधी अभियन्ता’लाई सहकारी ठगीमा हत्कडीसम्म
-
प्रहरी हिरासतमा सुतिरहेका रविको फोटो खिचेर भाइरल बनाउने निकोलस काठमाडौंबाट पक्राउ
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म