सामाजिक सुरक्षा कोष अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा सङ्गठनमा आबद्ध

काठमाडौँ । सामाजिक सुरक्षा कोष विश्वमा सामाजिक सुरक्षा कार्यक्रमको छाता सङ्गठनको रूपमा रहेको अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा सङ्गठन (आईएसएसए) मा आबद्ध भएको छ । कोषले आईएसएसएको सदस्यताका लागि निवेदन दिएको थियो । उक्त निवेदनलाई २६ जुन २०२३ मा स्वीकृति गरेको थियो ।
सङ्गठनमा १६० देशका ३२० संस्थाहरूले सदस्यता प्राप्त गरेका छन् । आईएसएसए विभिन्न देशमा सामाजिक सुरक्षाको सन्दर्भमा सन् १९२७ मा स्थापना भएको नेतृत्वदायी अन्तर्राष्ट्रिय निकाय हो ।
नेपालको सामाजिक सुरक्षा कोषलाई अन्तर्राष्ट्रिय स्तरमा अब्बल र मजबुत बनाउन र सिकाइका लागि महत्त्वपूर्ण फोरम रहेको कोषले जनाएको छ । सामाजिक सुरक्षा कोषको दायरा औपचारिक, अनौपचारिक, वैदेशिक रोजगारी, हुँदै स्वरोजगार सम्म विस्तार भएको छ ।
कोषमा विभिन्न क्षेत्रमा लागू हुने गरी छुट्टाछुट्टै कार्यविधि तयार भई लागू भएको अवस्था छ । अन्य देशमा भएको राम्रा अनुभवबाट सिक्न र कार्यविधिलाई समसामयिक रूपमा परिमार्जन गर्दै लैजानका लागि आधिकारिक सन्दर्भ सामाग्रीमा पहुँच हुन जरुरी छ ।
जसको लागि आईएसएसए एक महत्त्वपूर्ण प्लेटफर्म रहेको कोषले जनाएको छ । उक्त सङ्गठनमा विभिन्न देशका १४०० भन्दा बढी संस्थागत असल अभ्यासहरू उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेको प्रदर्शनमा ट्राफिक लाइट फुटाएको आरोपमा एक जना युवक पक्राउ
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला
-
भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?
-
धरानका मेयर हर्कराज भन्छन् - प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर विश्वास लाग्दैन
-
राप्रपाको प्रदर्शनअघि सुरक्षा प्रमुखले बोलाए सुरक्षा बैठक