सन्दीप लामिछानेबाट बलात्कृत किशोरीको पहिचान सार्वजनिक भएकोबारे साइबर ब्युरोले थाल्यो अनुसन्धान
![सन्दीप लामिछानेबाट बलात्कृत किशोरीको पहिचान सार्वजनिक भएकोबारे साइबर ब्युरोले थाल्यो अनुसन्धान](https://npcdn.ratopati.com/media/news/cyber-bureau-cover_S2Ub3j9Iep.jpg)
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत किशोरीको नाम, थर र तस्बिर सार्वजनिक भएकोबारे प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ । त्यसबारे उजुरी आएपछि अनुसन्धान थालिएको ब्युरोका एसपी पशुपति रायले रातोपाटीलाई बताए ।
बलात्कार कसुरमा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन सजाय निर्धारण गरेसँगै पीडितको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । कानुनअनुसार बलात्कार पीडितको पहिचान र तस्बिर सार्वजनिक गर्न मिल्दैन । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बलात्कृत किशोरी भन्दै तस्बिर र नाम ठेगाना सार्वजनिक गरेका हुन् । एसपी राय भन्छन्– ‘सार्वजनिक गर्ने व्यक्तिहरूको आइडेन्टिफाइ गर्दै छौं ।’
त्यसरी फोटो र नामथर सार्वजनिक गर्नेलाई गोपनियतासम्बन्धी कसुरमा पनि कारबाही हुने व्यवस्था छ । २०७५ भदौमा बन्द प्रशिक्षणमा रहेका बेला लामिछानेले पीडित किशोरीलाई भेटेका हुन् ।
नगरकोट घुमाएर फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भु मार्गमा सञ्चालित होटेलमा आफूलाई बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरी वृत्त गौशालाले मुद्दा दर्ता गर्दा पीडितको परिवर्तित नाम गौशाला–२६ उल्लेख गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु
-
आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
-
नेसपा (नयाँ शक्ति)मा को–को भए निर्विरोध निर्वाचित ?
-
अवकाशको मुखमा जिल्ला न्यायाधीशले हतार–हतार बलात्कारीलाई दिए उन्मुक्ति
-
स्कार्पियो र ट्रक ठोकिँदा ५ जना गम्भीर