माघ ११ देखि नाटक 'मासिन्या' मञ्चन हुँदै
बिहीबार, २६ पुस २०८०, १५ : २५

काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटक 'मासिन्या' मञ्चन हुने भएको छ ।
नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् । तामाङ जातिले भोगेको पीडा र संघर्षको कथा नाटकमा समेटिएको छ । नाटकको कथालाई राबत, राजु स्याङ्तान र लक्ष्मी रुम्बाले लेखेका हुन् ।
नाटकले तामाङ समुदायको मुद्दालाई उठान गरेको निर्देशक बुद्धिको भनाइ छ । उनका अनुसार तामाङको पीडादायी कथासँगै नाटकमा तामाङ जीवनको लय, सौन्दर्य, डम्फु संस्कृति र परिवेशलाई चित्रण गरिएको छ । नाटकको माध्यमबाट तामाङ समुदायलाई नजिकबाट बुझ्न सघाउ मिल्ने नाटक समूहको विश्वास छ ।
अहिले बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको हलमा रिहर्सल जारी रहेको नाटकमा सुनिल तामाङ, रविन दोङ, रमिला मोक्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम नेपालमा स्थायी आवास निर्माण कार्य तीव्र पारेका छौँ : गृहमन्त्री
-
दाँत कसरी माझ्ने ? (भिडियोसहित )
-
उस्मान ख्वाजामाथि चोटको बहाना बनाएर प्रतियोगिता छाडेको आरोप
-
बर्दिबासका स्थानीयद्वारा रेल विभागमा धर्ना
-
उपप्रधानमन्त्री सिंह र खेलकुदमन्त्री चौधरीद्वारा त्रिवि खेल मैदानको प्यारापिट अवलोकन (तस्बिरहरू)
-
राजाले संविधानविपरीत काम गरे, कारबाही गर्नुपर्छ : खतिवडा