सरकारले माघ २ गते २६ औँ भूकम्प सुरक्षा दिवस मनाउँदै

काठमाडौँ । सरकारले माघ २ गते २६ औँ भूकम्प सुरक्षा दिवस, २०८० मनाउने भएको छ । बिहीबार २६ औँ भूकम्प सुरक्षा दिवस प्रचारप्रसार समितिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।
सरकारले माघ २ गते स्थानीय स्रोत र प्रविधि समेत प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ भन्ने मूल नारासहित दिवस मनाउन लागेको हो । वि.स. १९९० साल माघ २ गतेका दिन गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि सरकारले हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।
विगतका वर्षको जस्तै यो वर्ष पनि सरकारले देशभर विभिन्न भूकम्पीय सचेतना कार्यक्रम गर्दै मनाउन लागिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले बताए । उनले २६ औँ भूकम्प सुरक्षा दिवस समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थिति रहने बताए । उनले नेपालको पश्चिम भागमा महसुस हुने भूकम्प करिब ५१७ वर्षदेखि नगएकाले सञ्चित ऊर्जाबाट ८ रेक्टर भन्दा ठूलो भूकम्प जानसक्ने सम्भावना रहेको वैज्ञानिकहरुले आँकलन गरिरहेको बताए । उनले नेपालमा विभिन्न कालखण्डमा ठूलादेखि साना भूकम्पहरु २०७२ सालको गोर्खा,बझाङ,जाजरकोटमा गएको भूकम्पमा कमजोर घर संरचना भत्किँदा ठूलो जनधनको क्षति भएको बताए ।
उनले नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता विशेष गरी स्थानीय तहहरुबाट हुने नक्शा पासमा अक्षरशः पालना हुँदा मात्रै सोचेको भूकम्प सुरक्षा सुनिश्चित गर्न सकिने बताए । उनले कमजोर घर संरचनाहरुलाई सुरक्षित बनाउन प्रबलीकरण कार्य अगाडि बढाउन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र
-
बागमती सरकारले नीति आयोग कार्य सञ्चालन गर्न कानुन बनाउने
-
गण्डकी प्रदेशसभामा घरेलु मदिरामाथि छलफल
-
अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही