‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आवश्यक : आरजु राणा

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् । बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै उनले सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी हुन् ।
नेतृ राणाले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताइन् । उनले विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने बताइन् । उनले यसका लागि वडा तहदेखि कानुनी रुपमा नीति बनाउन आवश्यक रहेको बताइन् । विवाह अगाडि सबै प्रक्रिया पु¥याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताइन् ।
नेतृ राणाले अन्तर्राष्ट्रिय धेरै देशहरुमा विवाह अगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि बताइन् । उनले बालविवाह, महिला हिंसा, बलात्कार जस्ता विकृतिहरु रोक्नको लागि कानुन नै एकमात्र विकल्प हुनसक्ने बताइन् ।
नेतृ राणाले नेपालका पहाडी जिल्लाहरुमा विद्यालय अध्ययनताका नै विद्यार्थीहरुले विवाह गर्ने गरेको बताइन् । उनले कम उमेरमा विवाह गर्नेहरुलाई आवश्यक अभिमुखीकरण दिनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस एमालेको प्रतिवाद
-
नेप्सेको प्रमुख कार्यकारी अधिकृत छान्न अर्थ मन्त्रालयले बनायो समिति
-
‘जेन–जी’को युगमा ‘जेरोन्टो’को नेतृत्व
-
नेता तथा उच्च पदस्थको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग बनाउन माग