‘दिलवाले दुल्हनिया ले जाएंगे’मा मागेर लगाएका थिए शाहरुखले लेदरको ज्याकेट

नयाँ दिल्ली । शाहरुख खान र काजोलको ब्लकबष्टर फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’मा शाहरुख खानले लेदरको एउटा ज्याकेट लगाएका थिए । फिल्म रिलिज हुने बित्तिकै यो ज्याकेट निकै ट्रेन्डमा आएको थियो । शाहरुखले यो ज्याकेट लगाउने भनेर पहिलादेखि तय थिएन । ज्याकेट फिल्मको लागि डिजाइन गरिएकै थिएन । यो ज्याकेट फिल्म निर्माता आदित्य चोपडाका कान्छा भाइ उदय चोपडाको थियो ।
फिल्म निर्माण भइरहेको बेलामा उदय दाजुलाई निर्देशनमा सघाइरहेका थिए । एउटा गित शूट गर्दा शाहरुखलाई जाडो भयो अनि उनले उदयको ज्याकेट मागेर लगाए । ज्याकेट हिरोलाई यति सुहाइरहेको थियो कि निर्देशकले फिल्मको चर्चित गित ‘जरा सा झूम लु मे’ पूरै यही ज्याकेटमा शूट गरे । उदयले क्यालिफोनिर्याको हार्ले डेभिडसनको शोरुमबाट ४०० डलरमा ज्याकेट किनेका थिए । फिल्म रिलिज भएपछि प्योर लेदरबाट बनेको यो ज्याकेटको फेशन नै चल्यो ।
डीडीएलजे बिहाइन्ड द सिन शूट गर्ने पहिलो बलिउड फिल्म थियो । आदित्यलाई मेकिङ प्रडयूस अर्थात् बिहाइन्ड द सिन शूट थर्ने काम दिइएको थियो । उनी शूटिङ स्थलमा भिडियोग्राफर बनेर फिल्म बनिरहेका दृश्यहरु रेकर्ड गर्थे । पछि यसलाई फिल्मको प्रमोशनको काममा प्रयोग गरिएको थियो ।
दिलवाले दुल्हनिया ले जाएंगे सन् १९९५ को अक्टोबर २० मा रिलिज भएको थियो । आदित्य चोपडाको निर्देशन रहेको फिल्मको निर्माता यश जौहर थिए । फिल्ममा शाहरुख र काजोलबाहेक अनुपम खेर, अमरिश पूरी जस्ता कलाकारहरुको मुख्य भूमिका थियो । फिल्मले १० वटा फिल्मफेयर अवार्ड पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको जीतमा बन्यो यस्तो रेकर्ड
-
रास्वपाले महाधिवेशनबारे निर्णय गर्न वैशाख ४ गते बोलायो केन्द्रीय समिति बैठक
-
रास्वपाले भन्यो, ‘सभापतिको दुई दिन, तीन रातको हिरासत बसाइ अवैध छ’
-
शिक्षक महासंघको टोली विद्यालय शिक्षा विधेयकमा छलफल गर्न जाने
-
प्रधानमन्त्री ओली र भारतीय कृषिमन्त्री चौहानबीच भेटवार्ता
-
दुई आयोगका पदाधिकारी र सदस्यका लागि निवेदन दिने १० दिनको समय निर्धारण