माघे सङ्क्रान्तिमा टुँडिखेलमा थारु समुदायको माघी महोत्सव : प्रचण्डले उद्घाटन गर्ने

काठमाडौँ । माघे संक्रान्तीको अवसरमा थारु कल्याणकारी सभाको अगुवाइमा थारु समुदायले माघ १ गते टुँडिखेलमा माघी पर्व मनाउने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आयोजकले सो बारेमा जानकारी गराएको हो ।
माघी महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । यस वर्ष थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान भन्ने नारासहित माघी पर्व मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सव, २०८० का संयोजक प्रेमिलाल चौधरीले बताए ।
उनले थारु सांस्कृतिक झाँकी, थारु सांस्कृतिक प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला, पुस्तक प्रदर्शनी एवं बिक्री हुने बताए । उनका अनुसार फुड स्टलहरूमा पारु जातिले माघी पर्वमा खाने विशेष खाना परिकार (ढिक्री, अन्डिक भात, विचरी, तिलको लड्डू, लाईमुरी, भुजा, बन्डी जाँडको झोल, दारु, केराको तरुवा, सखरखण्ड, खरिया, सुंगुर र बंगुरको मासु, परेवाको मासु, माछा, घोघी, गंगटो, सिधरा, मसुलार) रहनेछन् । बालू सिन्की, बयरको चटनी, वरिया, चामलको गुरी, काथ्या रोटी, अन्डीक रोटी, तेलपौर रोटी, झभ्झा रोटी लगायत विभिन्न परिकारहरु राखिने छ ।
महोत्सवमा देशभरका थारु समुदायको उपस्थिति रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले ‘युएसएआईडी’का ८३ प्रतिशत कार्यक्रम रद्द गर्दै
-
विषालु रसायनले भरिभराउ जहाज र तेल ट्याङ्कर ठोक्किदा भयानक दुर्घटना, ३६ जनाको उद्धार
-
रातोपाटी ब्रिफिङ : कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णितदेखि राजावादीले ‘हल्लाए गणतन्त्रको जग’सम्म
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल