३ जना मृतावस्थामा फेला
बिहीबार, २६ पुस २०८०, १२ : ३२
काठमाडौं । विभिन्न जिल्लामा तीन जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काभ्रेको पाँचखाल नगरपालिका-२ अनैकोट घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ मलरा बस्ने ६२ वर्षीय विश्वनाथ घिमिरे काभ्रे भुम्लु गाउँपालिका-६ आँपघाटस्थित सुनकोशी नदीमा मृत अवस्थामा फेला परेका छन् । पुस १८ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त नदीमा शव फेला परेको हो ।
यसैगरी लमजुङको सुन्दरबजार नगरपालिका-९ धारापानीस्थित मर्स्याङ्दी नदीको किनारमा अन्दाजी ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका-५ बालापुर मोडस्थित कलभर्टमा पनि अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको आन्दोलनमा अभिभावक घुसेपछि...
-
फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त
-
पौडी खेल्ने क्रममा तीन बालक दानव नदीमा बेपत्ता
-
श्रेयज सुवेदीको कथा सङ्ग्रह 'बहुरूपी' सार्वजनिक
-
विवाह बन्धनमा बाँधिइन् ट्वाइलाइट अभिनेत्री क्रिस्टन
-
झारखण्डमा ८ संदिग्ध माओवादी मारिएको प्रहरीको दाबी