रोमाका खेलाडीमाथि बियरको बोतल प्रहार
बिहीबार, २६ पुस २०८०, १० : २५
![रोमाका खेलाडीमाथि बियरको बोतल प्रहार](https://npcdn.ratopati.com/media/news/_132273026_gettyimages-1922740116_uEgURQXN1g.jpg)
रोम । कोपा इटालियाको क्वार्टरफाइनल खेलमा चिरप्रतिद्वन्द्वी लाजियोविरुद्धको खेलमा एएस रोमाका खेलाडी एडोवार्डो बोभमाथि बियरको बोतल प्रहार भएको छ । बुधबार राति भएको खेलमा तीनवटा रातो कार्डसमेत देखाइएको थियो ।
२२ वर्षीय खेलाडीलाई सब्सटिट्यु सन गर्ने बेला उनलाई पछाडिबाट बियरको बोतल हानिएको थियो । बोतल लागेर उनी मैदानमा ढलेका थिए ।
खेलमा लाजियो १–० गोलले विजयी बन्यो । माटिया जाकाग्नीले खेलमा निर्णायक गोल गरे । सन् २०२१ मा रोमाको नेतृत्व लिए यता जोसे मोरिन्होले ६ मध्ये चारवटा डर्बी खेलमा पराजित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदभित्रै लाग्यो नारा : महान् जनयुद्ध जिन्दाबाद !
-
सांसदको प्रश्न– बाँदर बेच्ने प्रयास के भइरहेको छ ?
-
आप्रवासी लखेट्ने ट्रम्पको नीतिले अमेरिकी आर्थिक वृद्धिदर खुम्च्याउने चेतावनी
-
बजार परिसूचक र कारोबार दुवै घट्यो, हाइलाइटमा यी पाँच कम्पनी
-
पाथीभरा केबलकार विवाद : सहमति नभएपछि पुनः आन्दोलनको घोषणा
-
‘मेक्सिको खाडी’ अबदेखि हुने भयो ‘अमेरिका खाडी’