आइएसएमटी कलेजको 'जब फेयर' सम्पन्न
काठमाडौँ । आइएसएमटी कलेजको आयोजनामा 'आइएसएमटी जब फेयर' सम्पन्न भएको छ । काठमाडौँ तीनकुने गैरी गाउँ स्थित कलेज परिसरमा बुधबार जब फेयरमा नेपालका प्रतिष्ठित २१ कम्पनीले स्टल राखेका थिए ।
यस 'जब फेयर'मा आफ्नो अध्ययन सम्पन्न गरेका २२५ विद्यार्थी अन्तर्वार्तामा सहभागी भएका थिए । विद्यार्थीहरुलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्देश्यका साथ सञ्चालित यस आइएमटी कलेजले वर्षमा कम्तीमा दुई पटक यस किसिमको जब फेयर आयोजना गर्ने गरेको छ ।
कलेजले यस किसिमका पहलले अध्ययन सकेका विद्यार्थीहरूलाई आफ्नो क्यारियर को सुरुवात गर्न सहज हुने विश्वास लिएको छ ।
बेलायतको युनिभर्सिटी अफ सन्डरल्याण्ड बाट सम्बन्धन प्राप्त यस आइएसएमटी कलेजले बिबिए, बिएचएम, बीएस्सी आइटी, बीएस्सी (अनर्स) साइबर सेक्युरिटी र डिजिटल फोरेन्सिक एमबिए तथा एमएस्सी कम्युटिंग लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । आइएसएमटी ग्रुप अन्तर्गत युनिभर्सिटी अफ सन्डरल्याण्ड युकेकै सम्बन्धनमा नेपालका प्रमुख सहरहरू चितवन, पोखरा, विराटनगर र बुटवलमा आफ्ना कलेजहरू सञ्चालन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा महानगरले हटाएका कर्मचारी अदालतमा, दिएन अन्तरिम आदेश
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित