सन्दीपलाई जेल सजाएपछि सांसदको स्ट्याटस– होनहार खेलाडीलाई बली चढाइयो
बुधबार, २५ पुस २०८०, २१ : ०७

पोखरा । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद र ३ लाख जरिवाना सुनाएको छ । किशोरी बलात्कार आरोप लागेका उनलाई बुधवार सजाय सुनाइएको हो ।
उनलाई सजायको फैसलापछि गण्डकी प्रदेशका एक सांसदले विदेशीको इशारामा फसाइएको आरोप लगाएका छन् । बागलुङका सांसद कृष्ण पाठकले उनलाई अरूले नै फसाएको तर्क गरेका हुन् ।
‘एउटा होनहार क्रिकेटरलाई विदेशीहरूको इसारामा बली चढाइयो’ उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन् । उनको स्ट्याटसमा कसैले समर्थन गरेका छन् भने केहीले विरोध गरेका छन् । पाठक एमालेको समानुपातिक सूचीबाट सांसद बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमतका कोषाध्यक्ष यादवको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी
-
बाढीसम्बन्धी पूर्व सूचना दिन तालगाउँमा साइरन जडान
-
नेविसंघद्वारा शिक्षाका समसामयिक विषयमा धारणा सार्वजनिक
-
स्थानीय तहमा आपत्कालीन गोदाम घर बनाउनुपर्नेमा गृहमन्त्रीकाे जोड
-
गभर्नर नियुक्ति विवादसम्बन्धी रिट निरन्तर हेर्न नभ्याइने
-
धवलशमशेरको बयान, ‘राज्यविरुद्धको अपराध गरेको छैन’