इटहरीमा बर्न अस्पताल निर्माणको सम्झौता
बुधबार, २५ पुस २०८०, २० : ५१
![इटहरीमा बर्न अस्पताल निर्माणको सम्झौता](https://rpcdn.ratopati.com/media/albums/sunsari_pvfbl1S23g.jpg)
मोरङ । कोशी प्रदेशको इटहरीमा बर्न अस्पताल निर्माण हुने भएको छ । प्रदेश स्वास्थ्य मन्त्रालय र काठमाडौँको जनस्वास्थ्य सरोकार ट्रष्टबीच इटहरी उपमहानगरपालिका–८ भवानी टोलमा एक सय शय्याको बर्न अस्पताल निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा स्वास्थ्य मन्त्रालयको समेत कार्यभार सम्हाल्हेका मुख्यमन्त्री केदार कार्की र ट्रष्टका प्रमुख डा.गौरी प्रधानले हस्ताक्षर गरे । दुई बिघा १० कठ्ठा जग्गामा रु ४० करोडको लागतमा अस्पताल निर्माणमा हुन लागेको हो ।
आगामी तीन वर्षमा अस्पताल सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण शीघ्र थालिने मुख्यमन्त्री कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेपछि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री भन्छन्– पैसा लुकायो भन्ने उही हो, राघेराघे, पाटेपाटे, ध्वाँसेध्वाँसे !
-
ऊर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबिच ऊर्जा विकासका विषयमा छलफल
-
धर्तीबाट मंगलको यात्रा ३० दिनमै होला त पूरा ?
-
अभिभावकमाथि अश्लील टिप्पणीको मुद्दा : बयान दिन चोकी पुगिन् अपूर्वा
-
एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफा ४०० प्रतिशतले बढ्यो
-
सामाजिक सञ्जाल विधेयकविरुद्ध सडकमा नेविसंघ