आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
![आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण](https://rpcdn.ratopati.com/media/albums/world_bank_VKhDomORZl.jpg)
काठमाडौँ । विश्व बैंकले आर्थिक वर्ष २०२४/२५ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने बैंकले जनाएको छ ।
औद्योगिक र सेवा क्षेत्रमा सुधार हुँदा आगामी वर्ष आर्थिक वृद्धिदर अहिलेको भन्दा केही बढ्न सक्ने प्रक्षेपण गरिएको हो । लचिलो मौद्रिक नीति र आयातमा लगाइएको प्रतिबन्ध फुकुवाका कारण पनि अहिलेको भन्दा सहज आर्थिक अवस्था हुने आकलन गरिएको हो ।
अहिले विश्व अर्थतन्त्रमा देखिएको शिथिलता सन् २०२४ मा पनि कायम रहने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । विशाल अर्थतन्त्र भएका मुलुकका केन्द्रीय बैंकले अवलम्बन गरेको कडा खालका मौद्रिक नीति, सहज अवस्थामा फर्किन नसकेको विश्व व्यापार र लगानीको अवस्थाका कारण आर्थिक वृद्धिदर न्यून देखिने प्रक्षेपण गरिएको हो ।
मुद्रास्फीति र महँगो ब्याजदरका कारण पनि यसवर्ष उपभोक्ता तथा मौद्रिक बजारलाई असर गर्ने ठानिएको छ ।
विश्वको अर्थतन्त्र सन् २०२४ मा दुई दशमलव चार प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ । सन् २०२१ मा विश्व अर्थतन्त्र छ दशमलव दुई प्रतिशत रहेकोमा सन् २०२२ मा घटेर तीन प्रतिशत पुगेको थियो । सन् २०२३ मा दुई दशमलव चार प्रतिशतको विश्व आर्थिक वृद्धिदर अनुमान गरिएकामा आगामी वर्ष दुई दशमलव चार प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता