बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

झिल्टुङ क्रस कन्ट्री दौड माघ ६ मा

बुधबार, २५ पुस २०८०, १८ : ५१
बुधबार, २५ पुस २०८०

काठमाडौँ । झिल्टुङ क्रस कन्ट्री दौडको आठौँ संस्करण आगामी माघ ६ गते हुने भएको छ । आयोजक नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा–५ ले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो । 

प्रतियोगितालाई प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवार नेपालले गर्नेछ । 

प्रतियोगितामा खुला महिला तथा पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष, खुला जुनियर १६ वर्ष मुनिका छात्रा÷छात्र, स्थानीय १६ वर्ष मुनिका छात्रा÷ छात्र, ४५ वर्ष माथिका स्थानीय पुरुष र स्थानीय आमा समूह गरी १० विधा समेटिएको छ । तीमध्ये खुला महिला÷ पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष १३.४ तथा अन्य ४.५ किमीको हुनेछ ।

प्रतियोगिता आयोजक वडा–५ स्थितकोल्पुटारबाट सुरु भई बेलिनी, छाप, राजओडार, , सालचौर हुँदै फेरि कोल्पुटारमा आएर समाप्त हुनेछ । दौडको दुरी १३.४ किलोमिटर कच्चीबाटो रहेको छ । खुला महिला÷पुरुषतर्फको विजेताले १५ हजार, उपविजेताले  १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्थानीय खुलातर्फको विजेतालाई १० हजार, उपविजेतालाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार प्रदान गरिनेछ । भेट्रान खुला पुरुषतर्फmका शीर्ष तीनले ८ हजार, ६ हजार र ४ हजार पाउनेछन् ।

खुला जुनियर १६ वर्षमुनिका छात्रा तथा छात्र, स्थानीय १६ वर्षमुनिका छात्र तथा छात्र र ४५ वर्ष माथिका स्थानीय पुरुषतर्फmका शीर्ष तीनलाई ६ हजार,४ हजार र दुई हजार प्रदान गरिनेछ । स्थानीय आमा समूहतर्फmको विजेताले १२ हजार, उपविजेताले ९ हजार र तेस्रो स्थानमा रहनले ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप