पोखरामा २० वर्षपछि कन्दराको लाइभ कन्सर्ट

पोखरा । पोखरामा २० वर्षपछि कन्दराको लाइभ कन्सर्ट हुने भएको छ । एक समयको चर्चित र लोकप्रिय व्याण्ड कन्दरा २० वर्षपछि गृह नगर पोखरामै कन्सर्ट गरेर कमब्याक हुन लागेको हो । शुक्रबार पोखराको प्रदर्शनी केन्द्रमा सांगीतिक प्रस्तुति दिने बताइएको छ ।
पोखरा पर्यटन परिषद्ले आन्तरिक पर्यटन प्रबद्र्धनका लागि कन्दरालाई प्रयोग गरेको हो । २ घण्टासम्म कन्दराले डेढ दर्जनभन्दा बढी गीत प्रस्तुत गर्ने कन्दराका गायक विवेक श्रेष्ठले बताए । उनलाई सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन र पंकज झाले साथ दिनेछन् ।
‘पहिला घर देश अनि परदेश’ भन्ने नाराका साथ हुने सांगीतिक अभियान नेपालको सातै प्रदेशमा पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । ‘पोखरापछि अरु सहरमा पनि पुग्छौँ । पोखरासहित देशको पर्यटनमा सघाउ पुगोस् भनेर कार्यक्रम गरिएको हो,’ उनले भने ।
गायक श्रेष्ठ २१ वर्ष विदेशमा बसेर नेपाल फर्किएका हुन् । अब देशकै लागि काम गर्ने उनले सुनाए । ‘कयौँ देश घुमे । तर नेपाल जत्तिको सुन्दर कहीँ पाइनँ,’ उनले भने, ‘म आत्मा साक्षी राखेर भन्न चाहन्छु, विवेक कहिल्यै विदेश जान चाहँदैन । मलाई कहिल्यै पनि विदेश जान मन छैन ।’
उनले नेपालीलाई कामकै लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग आग्रह गरेका छन् । कन्सर्टका लागि साधारण टिकट ३ सय र भिआइपी टिकट १ हजार राखिएको छ । १० हजार भन्दा बढी दर्शकले कन्सर्ट हेर्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिबद्ध छु : शिक्षामन्त्री
-
छलफलका लागि गएका शिक्षक नेताहरू सिंहदरबार गेटबाटै किन फर्किए ?
-
एक पुरुष मृत फेला
-
चैत १५ को घटनाले तात्यो संसद्, राजावादीको हर्कतबारे सत्तापक्ष र विपक्षीका आ–आफ्नै तर्क
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाह १० जनाको टोली लिएर भारत जाँदै
-
अस्पताल बनाएर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता हुँदैन : मुख्यमन्त्री लामा