ब्राउन सुगरसहित पोखराबाट १ जना पक्राउ
बुधबार, २५ पुस २०८०, १८ : १२

पोखरा । पोखराबाट ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् । पोखरा १७ छोरेपाटनबाट स्याङ्जा भीरकोट नगरपालिका १ घर भई पोखरा १५ कोलपाटन बस्ने ३४ वर्षका अनिल गुरुङ पक्राउ परेका हुन् ।
शङ्कास्पद अवस्थामा हिँडेपछि उनलाई खानतलासी गर्दा ६.२ ग्राम ब्राउन सुगर बरामद भएको कास्की प्रहरीले जनाएको छ । उनले झोलामा ब्राउन सुगर राखेका थिए ।गुरुङलाई जिल्ला अदालतबाट लागू औषध मुद्धामा १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हावाहुरी र वर्षाले खेती नष्ट गरेपछि किसान चिन्तित
-
ठुला दुई दलको गठबन्धन देशका लागि नभई भ्रष्टाचारीलाई संरक्षण गर्न बनाएको हो : अध्यक्ष लिङ्देन
-
सुरक्षा निकायसँग सम्बन्धित ऐन–कानुन बनाउँदा सरकार दुई तिहाइको दम्भमा बस्नु हुँदैन : नेता साउद
-
प्रचण्डद्वारा रिंकु सदाको मृत्युबारे प्रजिअ र सुरक्षा प्रमुखसँग छलफल
-
नेपाल र जापानबिचको सम्बन्ध झन् घनिष्ट : उपराष्ट्रपति यादव
-
कांग्रेस नेता शेखर कोइराला रुपन्देहीमा