टीआरसीको कार्यविधि २०८१ असार मसान्तसम्म थप

काठमाडौँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी)को कार्यविधि २०८१ साल असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । साथै यसको म्याद थप गर्न बाधा अड्काउ फुकाऊ आदेश गर्ने गर्ने र त्यसको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।
‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८१ साल असार मसान्तसम्म थप गर्न र यसैसाथ संलग्न बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने’, मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।
मन्त्रिपरिषद्ले बुँदा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा २ बमोजिम सङ्घीय संसद्मा पेस गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईदले सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले
-
निरन्तर बढ्दै शंकास्पद कारोबार, कुन अपराधमा कस्तो अवस्था ?
-
उपकुलपति बरालको राजीनामाबारे सुमना : सक्षम व्यक्तिहरू आत्मसम्मानमा ठेस पुऱ्याएर पदमा बस्दैनन्
-
आज त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै
-
राष्ट्रिय बाह्य मिचाहा प्रजाति रणनीति स्वीकृत
-
कजारियाको नयाँ सोरुम धनगढीमा