भारततर्फ लैजाँदै गरेका गाई र गोरु बरामद
बुधबार, २५ पुस २०८०, १७ : २६

रौतहट । रौतहटबाट लुकाई छिपाई भारततर्फ लैजाँदै गरिएका १७ वटा गाई र गोरु प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी गौर महादेवपट्टिबाट खटिएको गस्ती टोलीले अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा गौर नगरपालिका २ बाट गाई र गोरु बरामद गरेको हो ।
प्रहरीको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेका १० वटा गाई, एउटा गोरु र ६ वटा बाछी बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
बरामद गाई ,गोरु र बाछीको एक लाख छयानब्बे हजार मूल्याङ्कन गरिएको र आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ धेरै वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कति फलदायी ?
-
तनहुँ घुम्नेलाई सहज, ३० वर्षपछि मानपुर डेढगाउँ सडक कालोपत्रे
-
ट्रम्पले रुस र युक्रेन दुबैलाई भने ‘तिमी मूर्ख हौ, तिमी डरलाग्दो छौ’
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज