अघि बढ्यो देशकै ठुलो केबलकारको काम, लगानी बोर्डमा बुझायो विस्तृत अध्ययन प्रतिवेदन

काठमाडौँ । देशकै सबैभन्दा ठुलो मुक्तिनाथ दर्शनले लगानी बोर्डको कार्यालयमा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बुझाएको छ । लगानी बोर्डको कार्यालयका अनुसार लागत र लम्बाइको आधारमा ठुलो मानिएको मुक्तिनाथ दर्शनले थप अध्ययनसहितको डीपीआर बुझाएको हो ।
कम्पनीले डीपीआरसहित वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन समेत बुझाएको छ । डीपीआर अनुसार केबलकारको लम्बाई ८१.०१४ किलोमिटर हुनेछ । यस्तै, आयोजना निर्माणका लागि ५५ अर्ब १८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
यो देशकै सबैभन्दा लामो केबलकार आयोजना हो । यो आयोजना कास्कीको वीरेठाँटदेखि मुक्तिनाथसम्म करिब ८२ किलोमिटर लम्बाइको हुनेछ । यो आयोजनामा लगानी गर्नका लागि नेपाल पूर्वाधार बैंकसहित ७ बैंक तथा वित्तीय संस्था तयार देखिएका छन् ।
ती बैंक तथा वित्तीय संस्थाहरूले आयोजना निर्माणका लागि २८ अर्ब रुपैयाँसम्म लगानी गर्ने योजना बनाएको बताइएको छ । आयोजनामा लगानी गर्नै बैंक तथा वित्तीय संस्थाको सूचीमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक लगायत इच्छुक देखिएको बताइएको छ । यी बैंकहरुको अगुवाइ पूर्वाधार बैंकले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा