बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय
अदालत

सन्दीपले ३ लाख जरिवाना र पीडितलाई २ लाख क्षतिपूर्ति दिनुपर्ने

बुधबार, २५ पुस २०८०, १७ : १३
बुधबार, २५ पुस २०८०

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले ८ वर्ष कैद सजायसहित ३ लाख जरिवाना भराउने फैसला भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीप विरुद्ध  सजाय, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको हो ।

नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई २०७९ असोज २० मा नियन्त्रणमा लिएको थियो । उनीविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् । अदालतले पीडित महिलाको उमेर पुगेको ठहर समेत गरेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप