सुदूरपश्चिम प्रदेशसभामा चार संसदीय समितिका सभापति चयन

कैलाली । सुदूरपश्चिम प्रदेशसभाका विषयगत चार समितिमा सभापति चयन भएका छन् । निर्वाचन भएको एक वर्षपछि बुधवार विषयगत चार समितिले सभापति पाएका हुन् । चारवटै समिति सभापति सर्वसम्मत चयन भएका हुन् ।
सुदूरपश्चिम प्रदेशसभाका सचिव नरेन्द्रबहादुर पालकाअनुसार विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा कांग्रेसका दिवानसिंह विष्ट, सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादी पार्टीका सांसद माया पन्त चयन भएका छन् ।
त्यसैगरी अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्तिका घनश्याम चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका सांसद वीरबहादुर थापा चयन भएको सचिव पालले जानकारी दिए ।
दलहरूबिच संसदीय समिति सभापति पदमा दलीय भागबन्डा गरिएको थियो । गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले भने कुनै सभापति नपाएपछि अर्को समिति थप गर्ने तयारी रहेको नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्
-
नेपालले ओमानलाई हराउँदा जे देखियो
-
७ जनालाई एमालेले ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने