५ जना मृतावस्थामा फेला
बुधबार, २५ पुस २०८०, १६ : २२
काठमाडौं । विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बारा, पाँचथर, काठमाडौँ, नवलपरासी पश्चिम र कालीकोटमा गरी ५ जना मृतावस्थामा फेला परेका हुन् ।
जसअनुसार-
- बारा, कलैया उपमहानगरपालिका-१६ दोहरीस्थित पोखरीमा माछा मार्न आएका भारत पूर्वी चम्पारण बस्ने ४५ वर्षीय विरन सहनी आफू सुत्ने ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- पाँचथर, कुम्मायक गाउँपालिका-१ फिक्कलस्थित गणेश श्रेष्ठको घरको आँगनमा सोही गाउँपालिका-१ गैरीगाउँ बस्ने ५५ वर्षीय सिंह बहादुर तामाङ बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौं, काठमाडौं महानगरपालिका-२६ गोगंबु नयाँबसपार्कस्थित होटल बाल कुमारीमा ललितपुर महानगरपालिका-२३ धापाखेल घर भएका ४४ बर्षीय निरज कुमार बस्नेत बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- नवलपरासी पश्चिम, सुनवल नगरपालिका-७ ज्यामिरेस्थित ज्यामिरे सामुदायिक जंगलमा रुपन्देही देवदह नगरपालिका-११ पूर्व विर्ता बस्ने ६५ वर्षीय शिवनाथ तिवारीको शव बुधबार सडिगलेको अवस्थामा फेला परेको छ ।
- कालिकोट, शुभकालिका गाउँपालिका-४ ढाडुखाँडा घर भई खाँडाचक्र नगरपालिका-४ ऐरेडा बस्ने ४५ वर्षीय धनिराम चौलागाँई शुभकालिका गाउँपालिका-२ भर्तागाडस्थित तिला नदीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँस्थित तिला नदीमा माछालाई हालेको पासो निकाल्ने क्रममा ढुङगाबाट चिप्लन गई नदीमा खसेका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।