दुधको रकम भुक्तानी नभए चितवनका किसानले आन्दोलन गर्ने

काठमाडौँ । दुधको रकम भुक्तानी नभएको भन्दै चितवनका दुध उत्पादक किसानले आन्दोलन गर्ने भएका छन् । दुधको २२ करोड रकम भुक्तानी नभएको भन्दै उनीहरूले यही पुस २९ गतेबाट आन्दोलन गर्ने भएका हुन् ।
सरकारसँग पाँच बुँदे माग राख्दै सो पुरा नभएमा आन्दोलन गर्ने चितवन दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा किशोर बगाले चेतावनी दिए । दुधको बजारीकरण सहज गर्नुपर्ने, दुधको भुक्तानी समयमै हुनुपर्ने, सहुलियत ऋण सुलभ तरिकाले किसानले प्राप्त गर्ने वातावरण सिर्जना गर्नुपर्ने, बिमामा देखिएको समस्याको सहजीकरण गर्नुपर्ने र बागमती प्रदेश सरकारबाट दिँदै आएको दुध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले पाउनु पर्ने माग राखिएको बगालेले बताए ।
बजारीकरणमा समस्या तथा दुग्ध किसानहरूको भुक्तानीमा ढिलाइ भई किसानको समस्या झन् जटिल भएको उनले उल्लेख गरे । त्यसको असर दुग्ध किसान नै पलाएन हुने अवस्था रहेको उनले बताए । पछिल्लो समय देशभरका किसानले एक सय देखि १ सय २५ दिनको दुध बिक्री गरी भुक्तानी पाउन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय