टेलिकमको सेवाहरुको मर्मत सम्भारलाई चुस्त बनाउनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमबाट वितरण भएका सेवाहरुको मर्मत सम्भारलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताएकी छन् ।
बुधबार मन्त्रालयमा भर्चुअल माध्यमबाट नेपाल टेलिकमबाट रुकुम (पूर्व) को रुकुमकोट र रुकुम(पश्चिम) को मुसीकोटमा दूरसञ्चार पूर्वाधार अप्टिकल ट्रान्समिसन लिङ्क पुर्याएर फाइबर टु द होम(एफटिटिएच) सेवाको शुभारम्भ गर्दै उनले यस्तो बताएकी हुन् ।
मन्त्री शर्माले टेलिकमले आफ्नो सेवाको साथै गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताइन् । उनले टेलिकमले आफ्ना सम्पूर्ण सेवाहरुको मर्मत सम्भारलाई पनि चुस्त दुरुस्त बनाउनुपर्ने बताइन् । उनले सेवाको मर्मतसम्भारलाई ध्यान दिन नसकेमा सेवाको गुणस्तरले मात्रै पनि काम नगर्ने बताइन् । उनले ग्राहक सेवालाई पनि ग्राहकमैत्री बनाउनुपर्नेमा जोड दिइन् ।
मन्त्री शर्माले टेलिकमको ग्राहक सेवाको सम्बन्धमा गुनासाहरु रहेका भन्दै सो गुनासाहरुलाई सम्बोधन गर्ने क्रममा रहेको पनि स्पष्ट पारिन् । उनले नेपाल टेलिकमको ग्राहक सेवालाई प्रभावकारी बनाउनको निम्ति बिहान ७ देखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिइन् । उनले यसलाई २४ घण्टा सेवामा पुर्याउन आवश्यक छलफल भइरहेको पनि बताइन् ।
मन्त्री शर्माले रुकुम (पूर्व) को रुकुमकोट र रुकुम(पश्चिम)को मुसिकोटमा फाइवर टु द होम सेवा पुर्याउँदा त्यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक विकास प्रत्यक्ष प्रभाव पार्ने बताइन् ।
मन्त्री शर्माले फाइवर टु द होम सेवा हालसम्म देशका ७४ वटा जिल्लामा पुगिसकेको उल्लेख गर्दै बाँकी रहेका हुम्ला र डोल्पा जिल्लामा यसै आर्थिक वर्षभित्र पुर्याइसक्ने बताइन् । बाँकी रहेको अर्को जिल्ला मुगुमा भने आगामी आर्थिक वर्षभित्रमा पुर्याइसक्ने लक्ष्य लिइएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीमा देखिएका समस्या र समाधान
-
सबै सहकारीलाई एकै डालोमा हालेर तुलना गर्न मिल्दैन : टीकाराम पोख्रेल
-
नेपाली सेनामा भर्ना खुल्यो, ८ पास गरेकाले आवेदन दिन सक्ने (सूचनासहित)
-
शुक्रबार कस्तो छ काठमाडौँको वायु प्रदूषणको अवस्था ?
-
गण्डकीको विकासमा समस्या: समितिले निर्णय गर्छ, कार्यान्वयन कसले गर्छ ?
-
आर्थिक क्षेत्र सुधार सुझाव आयोगले सुझाएका विषयहरू सरकारले चरणबद्ध कार्यान्वयन गर्छ: अर्थमन्त्री