दीपकराज गिरीको प्रश्न : जोगीको घरमा ३ करोड, भोगीको घरमा कति होला ?
बुधबार, २५ पुस २०८०, १४ : १४
काठमाडौँ । मंगलबार पक्राउ परेका कथित ’तपस्वी’ रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोडभन्दा बढी नगद बरामद गरेको छ । बरामद नगद ५ सय र १ हजार दरका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई मंगलबार पक्राउ गरेको हो ।
बम्जनको घरबाट भेटिएको ३ करोडको विषयलाई लिएर कलाकार दीपकराज गिरीले सामाजिक सञ्जाल मार्फत व्यङ्ग्य गरेका छन् । उनले ‘जोगीको घरमा ३ करोड हुन्छ, भने भोगीको घरमा कति होला ?’ भनेर प्रश्न उठाएका छन् । उनले भोगी भनेर कसलाई भन्न खोजेको हो त्यो भने खुलाएको छैनन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘पैसा कहाँ गयो ? पैसा कहाँ गयो ? अर्थविद्हरू चिन्ता गर्दथे क्यार । जोगीको घरमा ३ करोड हुन्छ, भने भोगीको घरमा कति होला ? ।
गिरी समसामयिक विषयमा टीकाटिप्पणी गर्न माहिर छन् । देशको राजनीतिकदेखि प्राय सबै विषयमा उनले गर्ने टिप्पणी चोटिलो हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू