काठमाडौँसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
बुधबार, २५ पुस २०८०, १२ : ४०
काठमाडौं । लागुऔषधसहित काठमाडौँ र अन्य विभिन्न जिल्लाबाट ६ जना पक्राउ परेका छन् । जसअनुसार-
- काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ एम्पुल, फेनारगन १ एम्पुल र नुर्फिन १ एम्पुलसहित खोटाङ घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने १९ वर्षीय सुशान राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा हाल वतन नखुलेका बल्खु डेरा गरी बस्ने चित कुमार सुनारको कोठाबाट डाईजेपाम ३१ एम्पुल, फेनारगन ३३ एम्पुल, नुर्फिन २२ एम्पुल र नगद ६१ हजार ५ सय ५० रूपैयाँ प्रहरीले बरामद गरेको छ । प्रहरीले हाल फरार सुनारको खोजी गरिरहेको जनाएको छ ।
- उदयपुर, त्रियुगा नगरपालिका-३ मोतिगडा क्याम्पस डाँडा नजिकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ६ सय ५० ग्रामसहित सोही ठाउँ बस्ने ५३ वर्षीय बल बहादुर कार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा कार्कीले गाँजा बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
- धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १ किलोसहित धनकुटा नगरपालिका-१ हिले बस्ने २२ वर्षीय तिलक राना मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले को.३० प ४५१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक मगरलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
- मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५२ मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने २७ वर्षीय सचिन प्रधान र भोजपुर षडानन्द नगरपालिका-२ बस्ने २३ वर्षीया प्रतिमा राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले को.४० प २४३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
- कास्की, पोखरा महानगरपालिका-१७ छोरेपाटनबाट अवैध लगूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम २ सय मिलिग्रामसहित स्याङजा भिरकोट नगरपालिका-१ बस्ने ३४ वर्षीय अनिल गुरूङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले ग.१ ख ५४०६ नम्बरको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नई सुपर किङ्सको मालिकले आईपीएलमा फिक्सिङ गरेको ललित मोदीको आरोप
-
लुम्बिनी प्रादेशिक इन्धन डिपो : डीपीआर तयार गर्न केयुसँग सम्झौता
-
समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्ने मन्त्रीको चेतावनी
-
‘समस्याग्रस्त’ कर्णाली विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट
-
मन्त्रालयहरूको त्रैमासिक समीक्षा सुरु
-
पर्सा र महोत्तरीका सीडीओलाई गृहमन्त्रीले सोधे स्पष्टीकरण