रेड नोटिस जारी भएको पाँच दिनभित्रै कतारबाट समातिए १९ वर्षीय किरण

काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक व्यक्ति पक्राउ परेका छन् । फरार प्रतिवादी खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७ ठेगाना भएका १९ वर्षीय किरण राई रेड नोटिस जारी भएको ५ दिन भित्रै कतारबाट पक्राउ परेका हुन् ।
एनसिबि दोहाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । राई विरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो ।
अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २० गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमला : भारतमा काम गरिरहेका पाकिस्तानी कलाकारहरू समस्यामा, चलचित्र संघको प्रतिबन्ध
-
चार दिन लगातार घटेको नेप्सेमा सामान्य सुधार, ७ अर्ब बढीको कारोबार
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’
-
शिक्षामन्त्री पन्तको शपथ अपरान्ह ४ बजे
-
एयरपोर्ट छानबिन रिपोर्टको परकम्प: पोखरा रङ्गशालाको छानबिन गर्न दबाब
-
खेलस्थल र प्रायोजक सम्बन्धी विवादका कारण साफ च्याम्पियनसिप फुटबल स्थगित