चार वर्षदेखि फरार ‘तपस्वी’ बम्जनले भने, ‘जंगलमा थिएँ’
काठमाडौँ । चार वर्षको खोजीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘तपस्वी’ रामबहादुर बम्जनलाई मंगलबार पक्राउ गर्यो। जिल्ला प्रहरी कार्यालय सर्लाहीले २०७६ माघ २४ मा बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो । तर, बम्जन प्रहरीलाई छक्क्याएर लुक्न सफल हुँदै आएका थिए ।
मंगलबार बुढानीलकण्ठ स्थित हात्तीगौँडाबाट पक्राउ गरेपछि प्रहरीले उनलाई सोधेको छ, ‘कहाँ बस्नुभएको थियो ?’ चार वर्षदेखि फरार बम्जनले प्रहरी अधिकृहरुसँग भनेका छन्,‘जंगलमा थिएँ ।’
१५ दिनअघि काठमाडौँ आएका बम्जन पाँच दिनअघि परिवार भेट्न भनेर हात्तीगौँडा गएका थिए। प्रहरीसँगको बयानमा उनले भारतस्थित सिक्कीमको जंगल, रामेछाप, मकवानपुर र सिन्धुलीको जंगलमा बसेको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृतले भने, ‘४ वर्षदेखि नेपाल र भारतको जंगलमा लुकेर बसेको उहाँले बताउनुभएको छ ।’
यसैबीच बम्जनलाई काठमाडौंबाट सर्लाहीमा पठाउने तयारी गरिएको छ । बम्जनलाई सर्लाहीमा पठाउन लागिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख (एआईजी) किरण बज्राचार्यले रातोपाटीलाई जानकारी दिइन् ।
जिल्ला अदालत सर्लाहीमा बम्जन विरुद्ध मुद्दा दर्ता भएको छ । एआईजी बज्राचार्यले भनिन्, ‘बम्जन बिरुद्ध सर्लाही जिल्ला अदालतबाट वारेन्ट जारी भएको छ, आज हामी त्यहाँ उपस्थित गराउँछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : दीक्षान्तमा पदक पाउने छात्रा धेरै, ओलीलाई घनश्यामको सुझाव
-
पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छु : मन्त्री गुरुङ
-
वैद्यको स्वास्थ्य अवस्थाबारे क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा जानकारी
-
हेल्प नेपाल नेटवर्कको २५औँ वार्षिकोत्सव सम्पन्न
-
विराटनगरमा महिला कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन
-
जिन्स लगाएको कारण चेसका नम्बर एक खेलाडी प्रतियोगितामा अयोग्य घोषित