१६ हजार फिट माथिबाट आइफोन खसेपछि...

काठमाडौँ । आइफोन बलियो छ भनेर आइफोन निर्माता कम्पनी एप्पलले बारम्बार भन्दै आएको छ । हरेक पटक नयाँ आइफोन आएपछि यसको मजबुती र टिकाउपन परीक्षण गर्न युट्युबवरले आकाशमा ड्रोनबाट आइफोन खसाल्ने गरेका छन् । अन्य फोनको तुलनामा आइफोनलाई बलियो नै मानिन्छ । रियल लाइफ टेस्टमा पनि आइफोन बलियो साबित भएको छ ।
सिन बेट्स नाम गरेका एक व्यक्तिले सामाजिक सञ्जालमा आइफोनको एउटा तस्बिर शेयर गरेका छन् । बेट्सका अनुसार फोन अलस्का एयरलाइन्सको फ्लाइट १२८२ बाट तल खसेको थियो । जनवरी ५ मा आकाशमा १६ हजार फिटको उचाइमा विमान उडिरहेको बेलामा उक्त फ्लाइटको ढोका उडेर विमानको आकस्मिक अवतरण गराइएको थियो । यो फोन बेट्सले पोर्टल्यान्डमा हाइवे नम्बर २१७ मा बार्नेस रोडको नजिक भेटेका थिए ।
१६ हजार फिटबाट खसेर पनि फोनलाई केही भएन । फोनबारे नेशनल ट्रान्सपोर्ट सेफ्टी बोर्डलाई जानकारी दिन उनले फोन गरेपछि अर्को फोन पनि जहाजबाट खसेको थाहा भयो । फोनको स्क्रिनमा ब्यागेज क्लेमको म्यासेज थियो । यो दाबी अलस्का एयरलाइन्सको सोही फ्लाइटको थियो, जसको ढोका फुटेको थियो । फोनको मालिक भेटिएको छैन । बेट्सले आफूले पाएको फोनबारे सामाजिक सञ्जालमा एउटा भिडियो पनि हालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ