रुखको घाँस काट्ने विवादमा कुटपिट, एकको मृत्यु
मङ्गलबार, २४ पुस २०८०, २० : १८

सिरहा । सिरहामा रुखको हाँगा काट्ने विषयका भएको विवादले उग्ररुप लिएपछि भएको कुटपीटबाट मंगलबार एक बृद्धाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिकामा १ सोनापुरमा आफ्नै भाइ गंगाप्रसाद यादव र भतिज ३२ वर्षिय जिवछको कुटाईबाट ६८ वर्षिय हेम प्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुखको हाँगा काट्ने विषयमा दाजु भाई विच भएको विवादले उग्ररुप लिएपछि भएको कुटपीटबाट घाईते हेम प्रसादलाई उपचारको लागि प्रादेशिक अस्पताल लहान पुर्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए ।
कुटपीटमा संलग्न फरार दुवैजनाको खोजी भईरहेको प्रहरीले जनाएको छ । घटनाको सम्वन्धमा इलाका प्रहरी कार्यालय लहानले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् पूर्णबहादुर र गगन
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
-
सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल