‘सेक्युरेटी प्रिन्टिङ–प्रेस, एमडिएमएस, टेरामक्सलगायतका प्रकरणमा व्यापक भ्रष्टाचार’
_3XlktVnzs6.jpg)
काठमाडौँ । डाक्टर निकोलस भुसालले सेक्युरेटी प्रिन्टिङ–प्रेस, मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेरामक्समा व्यापक घोटला भएको टिप्पणी गरेका छन् । आज (मंगलबार) राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले सरकारमा रहेका उच्चपदस्थ अधिकारीहरुकै संलग्नतामा भ्रष्टाचार भइरहेको दाबी गरे ।
टेरामक्स खरिद–पक्रियालाई सर्वोच्च अदालतले कानुनसम्मत् रहेको र आवश्यक प्रक्रिया अगाडि बढाउनु भनेर आदेश दिएको आवस्थामा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसलाई रोक्न चाहिरहेको उनले बताए ।
‘टेरामक्स जोडिनेवित्तिकै कलको मोनिटर हुनेभयो । सबै कुरा मोनिटर हुने भएर यसलाई चल्न दिइएको छैन । टेरामक्सको मेसिन आइसकेको छ,’–उनले भने ।
ईन्जिनियर सञ्जोग नेपालीले नेपालका लागि सेक्युरेटी–प्रिन्टिङ प्रेस, टेरामक्स र एमडिएमएस आवश्यक रहेको उनले बताए । प्राइभेसीका हिसाबले सेक्युरेटी–प्रिन्टिङ प्रेस अत्यावश्यक रहेको उनले बताए ।
एमडिएमएसमार्फत फोनहरुलाई कन्ट्रोलन नगरे विभिन्न अपराधहरुले बढावा पाउने उनको दाबी छ । टेरामक्स टेलिकम्युनिकेशनका लागि एकदमै आवश्यक रहेको बताए । पारदर्शिता, राजश्व र कल डिटिएल, नेटवर्किङ मनिटरिङ लगायतका विषयका लागि नेपालमा टेरामक्स प्रणाली आवश्यक रहेको बताए ।
युवा वैज्ञानिक कपिल पौडेल, अभियन्ता एस.के. तिमिल्सिना, डा.सागर ढकाललगायतले सेक्युरेटी प्रिन्टिङ प्रेस, टेरामक्स र एमडिएमएसको आवश्यकत्ताबारे प्रष्ट पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समितिमा विचाराधीन विधेयकहरू छिटो टुंग्याउन अर्थमन्त्री पौडेलको आग्रह
-
प्रयोगमा ल्याएर फेल भएको ‘अतिरिक्त सचिव’ राख्ने सहमति
-
नक्कली नोटसहित एक जना पक्राउ
-
घोराहीमा कर वृद्धि गरेपछि अभियानकर्मी आन्दोलित
-
श्रम मन्त्रालयले भन्यो– मलेसिया रोजगारीमा सिण्डिकेट लागू भएको छैन
-
ग्रामथान गाउँपालिकाका जनप्रतिनिधिको गाडी सुविधा कटौती