अपराध
‘तपस्वी’ राम बहादुर बम्जन पक्राउ
मङ्गलबार, २४ पुस २०८०, १८ : ४५

काठमाडौँ । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ । उनी काठमाडौँबाट पक्राउ परेका हुन् ।
बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो ।
बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि छापा मारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रको पार्टी कार्यालयमा शिक्षकको धर्ना
-
बदनियत साथ दुर्घटना गराउने चालकको कैद तथा सजाय घटाउने गरी विधेयक ल्याउने तयारी
-
जबरजस्ती निकालिएका कर्मचारी पुनः नियुक्त गर्न ट्रम्पलाई न्यायाधीशको आदेश
-
मधेसमा होलीलाई मध्यनजर गर्दै १६७ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट
-
अल्भारेज विवादपछि यूईएफएले पेनाल्टीको नियमबारे छलफल गर्ने
-
अभिनेत्री भाग्यश्री घाइते