रास्वपाका केन्द्रीय सदस्य र सांसदहरुको लेबी शुल्क वार्षिक २५ हजार रुपैयाँ
मङ्गलबार, २४ पुस २०८०, १८ : १७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले पार्टी सदस्यता शुल्क एक हजार रुपैयाँ तोकेको प्रमुख सचेतक सन्तोष परियारले बताए । उनले बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगमा भूमिनन्द बराल सचिव र सदस्यमा प्रा.डा अत्यन्द्र दाहाल सदस्य, राम गुरुङ, अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको बताए ।
प्रमुख सचेतक परियारकाअनुसार केन्द्रीय सदस्य र सांसदहरुका लागि लेबी शुल्क वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओलीको चीन भ्रमण ‘चाइना कार्ड’ : प्रचण्ड
-
एनपीएल स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने
-
विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट टोलीलाई १० लाख रुपैयाँ दिने घोषणा
-
समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड
-
कांग्रेसले कहाँ–कहाँ टुंग्यायो उम्मेदवार ? (सूचीसहित)
-
झापाका अस्पतालमा बिरामीको चाप बढ्यो, रगत अभाव