साइबेरियामा धावनमार्गबाट रुसी विमान चिप्लियो
मङ्गलबार, २४ पुस २०८०, १६ : ५२

भ्लादिभोस्तोक । रुसी विमान सेवा प्रदायक कम्पनी नोर्डस्टार एयरलाइन्सको एउटा विमान धावनमार्गमा चिप्लिएको छ । कम्पनीको बोइङको ७३७–८०० विमान स्थानीय समयअनुसार बिहान १० बजे साइबेरियाको नोरिल्स्क विमानस्थलमा धावनमार्गबाट चिप्लिएको हो ।
घटनाको समयमा विमानभित्र १७६ जना सवार थिए । विमानमा १६८ जना यात्रुसहित ६ जान क्रु मेम्बरहरु रहेको रुसी उड्ययन संस्था ‘फेडरल एयर ट्रान्सपोर्ट एजेन्सी’ले बताएको छ । यो घटनामा कोही पनि घाइते नभएको बताइएको छ ।
विमानमा पनि खासै ठुलो क्षति नपुगेको समाचारहरू आइरहेका छन् । विमान धावनमार्गमा कसरी चिप्लियो भन्नेबारे छानबिन भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सुपर लिग : कुन खेलाडी कुन टोलीमा पुगे ?
-
प्लस टु सञ्चालन गर्न चन्दा उठाएरै ७० लाखको अक्षय कोष
-
अमेरिकी शीर्ष सैन्य नेतृत्वमा ठुलो परिवर्तन, जनरल ब्राउन हटाइए
-
जदौको स्वरमा मरिहत्ते श्रोता–संसार
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिगको अक्सन
-
माओवादीले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड