पाकिस्तानको टी–२० टोलीको नयाँ उपकप्तान बने रिजवान, सबै विदेशी प्रशिक्षक हटाइयो
मङ्गलबार, २४ पुस २०८०, १६ : २६

इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्डले मोहम्मद रिजवानलाई टी–२० टोलीको नयाँ उपकप्तान बनाएको छ । उनले शादाब खानको स्थान लिनेछन् ।
रिजवान पाकिस्तानका लागि टी–२० मा ओपनिङ गर्छन् । सन् २०२१ को टी–२० विश्वकपमा उनले भारतविरुद्ध विजयी अर्धशतक लगाएका थिए ।
बोर्डले पुरुष टोलीका सबै विदेशी प्रशिक्षक स्टाफलाई पनि हटाएको छ । मुख्य प्रशिक्षक ग्रान्ट ब्राडबर्न इंग्लिस काउन्टी टोली ग्लेमोर्गनसँग आबद्ध पनि भइसकेका छन् ।
नयाँ प्रशिक्षकलाई नियुक्त गरिएको छैन । टोलीले जनवरी १२ देखि न्युजिल्याण्डविरुद्ध ५ वटा टी–२० खेलको शृङ्खला खेल्न लागेको छ । पाकिस्तानको टोली पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेको छ । टोलीले हालै अस्ट्रेलियाविरुद्धको टेस्ट शृङ्खला ३–० ले गुमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियामा सङ्कटकाल घोषणा
-
आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने
-
‘समयले जन्माएका कथाहरू’ लोकार्पण
-
ट्रकमा २५ करोड बोकेर हिँडेका कुसाङको डेरामा बास !
-
१० बजे १० समाचार : फेरि लोडसेडिङको चर्चा, सुराक दिने मालामाल
-
एसइईको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर परीक्षा दिन आग्रह