बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

मेनुका पौडेलको स्वर रहेको ‘बादलु माथि’

मङ्गलबार, २४ पुस २०८०

काठमाडौँ । भारतीय रियालिटी शो इन्डियन आइडल १४ मा भर्खर टप ११ मा पुग्न सफल गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘बादलु माथि’ सार्वजनिक भएको छ । गीत गायनमा मेनुकालाई गायक संगीतकार राजनराज शिवाकोटीले साथ दिएका छन् । 

गीतमा शब्द एवं संगीत राजनराज शिवाकोटीकै रहेको छ । गीतले इन्डियन आइडलमा उनको थप मनोबल बढ्ने विश्वास रहेको संगीतकार सिवाकोटीले गरेका छन् । ‘नेपाली चेलीलाई भारतीय भूमिका मिलिरहेको सफलतालाई थप ऊर्जा मिलोस् भनेर गीत बनाएको हो’ सिवाकोटीले भने ।

मेनुका इन्डियन आइडल १४ को उपाधि दाबेदारमध्ये एक हुन्  । आफ्नो गायनले अहिलेसम्म उनले जज र दर्शकहरू सबैको मन जित्दै आइरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया