मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

एपिएफको पोस्टमा संकटाको सात गोल

मङ्गलबार, २४ पुस २०८०, १४ : ५९
मङ्गलबार, २४ पुस २०८०

काठमाडौँ । संकटा क्लबले जारी एन्फा यु–१६ युथ लिग फुटबलमा मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफको पोस्टमा सात गोल प्रहार गरेको छ ।

ललितपुरस्थित एन्फा कम्प्लेक्समा मंगलबार संकटाले एपिएफमाथि ७–१ को जित निकालेको हो । कृष्णबहादुर आलेको ह्याट्रिक प्रेरणामा संकटाले विभागीय टोलीमाथि सहज जित निकाल्न सफल भयो । 

यो जितसँगै संकटा ९ खेलबाट १९ अंक बटुल्दै शिर्ष स्थानमा उक्लिएको छ । संकटाभन्दा एक खेल कम खेलेको मच्छिन्द्र क्लब १७ अंकसहित दोस्रो स्थानमा छ । खेलको ११ औँ मिनेटमा कृष्णबहादुरकै गोलबाट संकटाले अग्रता लिएको थियो । त्यसपछि २६ औँ मिनेटमा स्वयमभक्त श्रेष्ठ, ३६औँ मिनेटमा दिलन लिम्बू र पहिलो हाफको थप समयमा कृष्णबहादुरले दोस्रो गोल गरे ।

५३ औँ मिनेटमा सबिनकुमार लुंगेली मगरले गोल गर्दै संकटाको ५–० को अग्रता दिलाए । तीन मिनेटपछि नै एपिएफले एक गोल फर्कायो । तर, त्यसपछि थप दुई गोल व्यहोर्दै एपिएफले फराकिलो हार व्यहो¥यो । 

संकटाका लागि छैटौँ गोल अरुण श्रेष्ठले ८१ औँ मिनेटमा गरे । कृष्णबहादुरले इन्जुरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यससँगै संकटाले जारी लिगमा छैटौँ जित निकाल्यो । आठौँ खेलमा चौथो हार बेहोरेको एपिएफ ११ अंकसहित पाँचौं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप