एप्पलले भारतमा बनायो १० खर्ब भारु बराबरको फोन
![एप्पलले भारतमा बनायो १० खर्ब भारु बराबरको फोन](https://npcdn.ratopati.com/media/news/india-iphone_cptUfJMpRZ.jpg)
नयाँ दिल्ली । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले भारतमा १० खर्ब भारु बराबरको फोन बनाएको छ । कारखाना गेटको मूल्य अनुसार भारतमा कम्पनीले बनाएको फोनको मूल्य १० खर्ब भारु रहेको भन्दै द इकोनोमिक टाइम्समा समाचार छापिएको छ ।
समाचारका अनुसार सन् २०२३ मा कूल निर्मित मध्ये ६ खर्ब ५० अर्ब भारुको फोन निर्यात भएका छन् । कर र निर्यात देशको डिलर मार्जिन अनुसार यी फोनको बजार मूल्य १५ खर्ब देखि १७ खर्ब भारु हुन सक्ने बताइएको छ ।
उत्पादित फोनको मूल्य कम्पनीले उत्पादनमा आधारित प्रोत्साहन (पीएलआई) योजना अन्तर्गत भारतमा बनाउन खोजेको फोन भन्दा धेरै हो । भारत सरकारले चीनबाट उत्पादन बेसलाई भारततिर सार्न खोजिरहेको छ ।
एप्पलले पनि भारतलाई आइफोन उत्पादनमा दोस्रो घर बनाउने वाचा गरेको थियो । पछिल्लो समय कम्पनीले भारतमा आफ्नो आपूर्ति शृङ्खला बढाइरहेको छ । मूल्यका आधारमा पनि एप्पल भारतको सबैभन्दा ठूलो फोन उत्पादक बनेको हुन सक्ने बताइएको छ ।
आर्थिक वर्ष २०१८ मा भारतीय बजारको २ प्रतिशत हिस्सा एप्पलको पोल्टामा थियो । आव २०२३ मा यो अनुपात बढेर ६ प्रतिशतमा पुगेको छ । पाँच वर्षमा दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङको बजार हिस्सा भने ६ प्रतिशतले घटेर २० प्रतिशतमा समेटिएको बजार अनुसन्धाता संस्था काउन्टर प्वाइन्टको तथ्यांकले देखाएको छ ।
सन् २०२३ मा एप्पलले भारतमा आइफोन ११, १२, १३, १४ र १५ मोडल बनाएर निर्यात गरेको थियो । कम्पनीका लागि कूलमध्ये ५८ प्रतिशत फोन ताइवानी कम्पनी फक्सकोनले बनाइदिएको हो ।
भारतमा एप्पल प्रयोगकर्ता निकै धेरै छन् । भारतलाई ठूलो बजारका रुपमा हेरेर नै कम्पनीले भारतीय बजारमा व्यापक लगानी गरिरहेको छ । कम्पनीले सन् २०२३ को अप्रिलमा मुम्बईमा आफ्नो स्टोर खोलेको थियो । यो स्टोर भारतमा कम्पनीको पहिलो रिटेल स्टोर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : सांसद महत
-
नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश
-
फोन सफा गर्न स्यानिटाइजर प्रयोग गर्नु हुन्छ ?
-
प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबिच भर्चुअल बैठक
-
सरकारले गठन गरेको वार्ता समितिसँग मुक्कुमलुङ संरक्षण समितिले वार्ता नगर्ने
-
टुङ्गरम इन्टरनेशनल एकेडेमीको जाहेरी तान्ने सीआईबीमाथि उच्च अदालतको प्रश्न