शान्ति समाजको संरचनामा ४० प्रतिशत महिला रहने, ११ प्रस्ताव पारित
![शान्ति समाजको संरचनामा ४० प्रतिशत महिला रहने, ११ प्रस्ताव पारित](https://npcdn.ratopati.com/media/news/program-1_0mgEtO9SlE.jpg)
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजको २६ औँ राष्ट्रिय परिषद् बैठकले विभिन्न ११ वटा प्रस्ताव पारित गरेको छ । बैठकले केन्द्रीय तथा जिल्ला कार्यसमितिमा अब ४० प्रतिशत पुर्याउने संकल्प प्रस्ताव पारित भएको छ ।
समाजका तर्फबाट रामकृष्ण बरालले जारी गरेको विज्ञप्तिमा चुरे मास्ने सरकारको नीति खारेज गर्न सरकारलाई आग्रह गरिएको छ । यस्तै विकासको अधिकार अन्तर्गत राष्ट्रिय परिषद्ले तराई मधेशको जीवनरेखाको रुपमा रहेको हुलाकी सडकमार्ग शिघ्र सम्पन्न गर्न ध्यानाकर्षण र कर्णालीको उत्थानमा योगदान गर्न १० बुँदाको आग्रहसहित प्रस्ताव पारित गरिएको छ । पुस २०–२१ गते बसेको उक्त बैठकले एनसेल प्रकरण राज्य विरुद्धको अपराध भएको भन्दै समाजले त्यसविरुद्ध वृहत अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तै संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धमा संसदमा विचाराधिन विधेयकलाई मानव अधिकारमैत्री बनाई टुंगोमा पुर्याउन आग्रह पनि समाजले गरेको छ । यस विषयमा संसद संवेदनशिल नबन्ने हो भने भविष्यमा विभिन्न खाले हस्तक्षेप निम्तिन सक्ने सम्भावनाप्रति समेत ध्यानाकर्षण गराइएको बरालले बताए ।
यस्तै वातावरणमा हानी गर्ने सामग्री प्रयोग नगर्ने संकल्पसहित बैठकले लोकतन्त्रको प्राणः सुशासन र सद्भाव भएको स्मरण गराउँदै समुदायबिच स्थिर र सुमधुर सम्बन्धमा जोड दिएको छ ।
यस्तै विपिन जोशीको माग गरेको समाजले आगामी दिनका सबै कार्यक्रमहरु नागरिक संवाद कार्यक्रमको रुपमा आयोजना गर्ने निर्णय पनि गरेको बरालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको संसदीय दलको बैठक सिंहदरबारमा
-
माघमा गणेशको महिमा र स्तुति
-
दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउँदै महानगर (तस्बिरहरू)
-
टीकापुरमा ‘भ्यालेन्टाइन–डे’का दिन गुलाफका १० हजार बिरुवा रोपिने
-
पुँजी वृद्धि प्रस्तावसहित एनआईशी एशिया बैंकको साधारणसभा आह्वान
-
डेनमार्क बन्यो विश्वकै कम भ्रष्टाचार हुने देश (सूचीसहित)