सार्वजनिक यातायातमा १८ हजार रुपैयाँ चोरी, दुई पाकेटमार पक्राउ
मङ्गलबार, २४ पुस २०८०, १० : २४

काठमाडौँ । काठमाडौँको सार्वजनिक यातायातमा पाकेटमारीमा संलग्न गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महाराजगञ्ज चोकमा सार्वजनिक यातायातमा सवार भएका मानबहादुर भण्डारीको साथमा रहेको १८ हजार रुपैयाँ पाकेटमारहरूले चोरेका थिए ।
घटनाबारे अनुसन्धानपछि प्रहरीले चोरीमा संलग्न काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ घर भएका ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका ३५ वर्षीय विष्णु थापालाई पक्राउ गर्न सफल भएको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ करोड १३ लाख मानिसले ‘कहिलै नफर्कने गरी’ छाडे जन्मस्थान
-
अमेरिकी डलर, युरो, पाउण्ड तथा अष्ट्रेलियन डलरको मूल्य कति ? यस्तो छ विदेबी मुद्राको किनबेचदर
-
आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा
-
कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
-
चिनी उत्पादन अनुपातमा कमी
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन