बोइङ विमानको ‘डोर प्लग’ को बोल्ट थप कस्न आवश्यक रहेको निष्कर्ष
सिकागो । सिकागोस्थित युनाइटेड एयरलाइन्सले बोइङ ७३७ म्याक्स ९ विमानको निरीक्षणका दौरान विभिन्न बोल्टलाई ‘थप कस्न’ आवश्यक रहेको पाइएको जानकारी दिएको छ । एयरलाइन्सले यी विमानहरू प्रयोग गर्नअघि ‘डोर प्लग’सँग जोडिएका ‘इस्टलेसनको समस्या’ लाई ठिक गरिने बताएको हो ।
अलास्का एयरलाइन्सको ७३७ म्याक्स ९ विमानको एक भाग शुक्रबार उडानका दौरान अलग भएको थियो । उक्त घटनापछि बोइङका ७३७ म्याक्स ९ विमानको निरीक्षण सुरु गरिएको थियो । अमेरिकामा घटनापछि यस मोडलका १ सय ७१ वटा विमानको जाँच पुरा नभएसम्मका लागि रोक लगाइएको छ ।
युनाइटेड एयरलाइनसले आफ्नो बयानमा भनेको छ, ‘शनिबार हामीले प्रारम्भिक जाँच सुरु गरेका थियौँ । त्यस यता हामीले डोर प्लगसँग जोडिएको इन्सटलेसनसँग सम्बन्धी समस्या पत्ता लगाएका छौँ । हामीले बोल्ट थप कस्न आवश्यक छ ।’
‘डोर प्लग’ विमानसँग जोडिएको त्यो हिस्सा हो जसको प्रयोग इमरजेन्सी एक्जिट (आपत्कालीन निकास) का लागि प्रयोग गरिन्छ । अलास्का एयरलान्सको विमानको यही हिस्सा अमेरिकाको ओरेगनबाट उडानका दौरान नाटकीय रूपमा खसेको थियो ।
घटनापछि विमानको आपत्कालीन अवतरण गरिएको थियो । घटनामा कुनै पनि यात्रु घाइते भएनन् । विमानबाट खसेको हिस्सा एक शिक्षकको बगैँचामा फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म