जनप्रगतिशील मञ्च जापानको अधिवेशन तयारी तीव्र
जापान । जनप्रगतिशील मञ्च जापानको नबौँ अधिवेशन टोकियोमा हुँदै छ । मञ्चको अधिवेशन आगामी जनवरी २८ तारिखका दिन हुन लागेको हो । अधिवेशनको तयारी तीव्र रूपमा भइरहेको मञ्चका अध्यक्ष भवानी पन्तले जानकारी दिए ।
प्रवासी नेपालीहरूमा आपसी सद्भाव ,भाइचारा र एकताको अभियान, ज्ञान सिप र पुँजीको लगानी सहित संवृद्ध नेपालको लागि नबौँ अधिवेशन भन्ने मूल नाराका साथ नेपाली जनप्रगतिशील मञ्च जापानको अधिवेशन राजधानी टोकियोमा हुँदै छ ।
अधिवेशनका लागि माओवादी केन्द्रका नेता तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा र समितिका सह इन्चार्ज लक्ष्मण पन्तको समेतको उपस्थिति रहने छ । अधिवेशनको तयारीका लागि विभिन्न विभागहरू बनाएर जिम्मा दिइएको मञ्चका महासचिव बाबुराम पौडेलले बताए ।
अध्यक्ष भवानी पन्त ले आफ्नो कार्यकाल अत्यन्त स्वर्णिम रहेको बताउँदै आफू पुन अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेको जानकारी दिएका छन् । पन्तले आफ्नै कार्यकालमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई जापान भ्रमण गराउन सफल भएको बताए ।
मञ्चको अधिबेशनले आगामी दुई बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।अधिवेशनको कार्यक्रम स्थल भने टोक्योको मुसासी साकाइ स्टेसन नजिकै तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढ्यो
-
एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्ग्यायो
-
यू–१९ एसिया कप क्रिकेटका लागि हेमन्तको कप्तानीमा नेपाली टोलीको घोषणा
-
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
-
नेपाल–चीनबिच भएका सम्झौता कार्यान्वयनमै सकस
-
डाक्टरले सामुहिक राजीनामा दिएपछि प्रादेशिक अस्पतालको सेवा प्रभावित