शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

जर्मनीका महान् खेलाडी बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन

मङ्गलबार, २४ पुस २०८०, ०९ : १८
मङ्गलबार, २४ पुस २०८०

म्युनिख । विश्वकै महान् खेलाडीहरू मध्ये एक मानिने  जमर्नीका लिजेन्ड फ्रान्ज बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । खेलाडी र प्रशिक्षकका रूपमा विश्वकप जित्ने सीमित खेलाडीहरू मध्ये उनी एक हुन् ।

उनले सन् १९७४ मा पश्चिम जर्मनीको कप्तानी गर्दै विश्वकप जितेका थिए । त्यसपछि सन् १९९० मा प्रशिक्षकका रूपमा उनले पुनः विश्वकपको ट्रफी उचाले । उनीबाहेक यो उपलब्धि फ्रान्सका डिडिएर डेस्च्याम्प्स र ब्राजिलका मारियो जागालोले मात्र हासिल गर्न सफल भएका छन् । जागालोको गत हप्ता ९२ वर्षको उमेरमा निधन भएको थियो ।

डिफेन्डर र मिडफिल्डरका रूपमा मैदानमा उत्रने बेकेनबाउरले जर्मन महारथी बायर्न म्युनिखका लागि ५८२ खेल खेल्दै लिग उपाधि पनि जितेका थिए । उनले प्रशिक्षकका रूपमा पनि लिग उपाधि जित्न सफल भए ।

उनले सन् १९७४, १९७५ र १९७६ मा बायर्नलाई  युरोपियन कपको उपाधि दिलाएका थिए । सन् १९८२ मा ह्यामबर्गसँग पनि उनले लिग उपाधि हात पारे ।

‘डर काइसर’ उपनामले चिनिने बेकेनबाउरले सन् १९७२ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेका थिए । उनले दुईपटक बालोन डी’ओरको उपाधि पनि पाएका थिए । 

सन् १९६६ को विश्वकपमा उनले मात्र २० वर्षको उमेरमा चार गोल गरेका थिए । उनी प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी घोषित भए । पश्चिम जर्मनीका लागि उनले १०३ खेल खेलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप